गतवर्ष वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव देखिएको भन्दै बैंक तथा वित्तिय संस्थाले वढाएको ऋणको ब्याजदर अझै कायमै छ । राष्ट्र बैंकले करीव ७० अर्व बढी लगानी योग्य रकम बैंक तथा वित्तिय संस्थाहरुसँग रहेको वताइरहँदा पनि बैंकहरुले कर्जाको ब्याजदर घटाउन कुनै पहल नगरेबाट उनीहरुको नियतमाथि प्रश्न उठेको छ । गत वर्ष बैकहरुले आक्रामक ऋण प्रवाह गर्दा निक्षेपको भन्दा ऋणको वृद्धिदर उच्च भएपछि एकाएक व्याज वढाएका थिए । सो समयमा राष्ट्र बैंकले पनि कल डिपोजिट र साधारण निक्षेपमा समान व्याजदर वनाउन बैंकहरुलाई निर्देशन दिएको थियो ।
कल डिपोजिट र साधारण निक्षेपमा समान व्याजदर वनाउदा वैक तथा वित्तीय संस्थाको लागत बढ्यो । र, कर्जाको व्याजदर बढाउने बहाना बन्यो । तर अहिले परिस्थिति फेरिएको छ । बैंकरहरुकै अनुसार पनि ६० अर्वको हाराहारीमा तरलता विद्यमान छ ।
वैकहरुले खोजी खोजी सेयर, घरजग्गा र सवारीलाई कर्जा दिन थाल्नुले पनि बैंकहरुसँग पर्याप्त पैसा रहेको देखिन्छ । बैंकहरुको अहिले नाफा कमाउने समय भएकाले पुरानो निक्षेपमा उच्च लागत तिरेको वहाना वनाएर उनीहरु व्याजदर घटाउने कुरा सुन्न छाडेका छन । अहिले बैंकहरु बिगतको लागतको परिपूर्ति गर्न लागेका छन ।
राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरवहादुर थापा अव वैकहरुको व्याज विस्तारै घट्ने वताउछन । उनी थप्छन, वैक तथा वित्तिय संस्थाहरुले आधार व्याजदरमा आएको परिवर्तन अनुसार व्याजदर परिमार्जन गर्नुपर्ने केन्द्रिय बैकको नीति अनुसार लागत कोष घट्न जानाले व्याज दर घट्छ ।
तर केही बैंकले भने आधार व्याजदर समायोजनको नाममा प्रिमियम जोडेर ब्याजदर बढाइरहेका छन । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप र कर्जा नबढ्ने अवस्था रहेको बैंकहरू बताउँछन । हालको वित्तीय प्रणालीको सहजता गत आर्थिक वर्षको अन्तिममा बढेको निक्षेप रहेको हुनाले ब्याजदरको अवस्था के हुन्छ भन्न अहिले नसकिने उनीहरुको भनाई छ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप र कर्जा बढ्ने अवस्थामा छैन । गत आर्थिक वर्षको अन्तिममा बढेको निक्षेपले हालको वित्तीय प्रणालीको सहजता ल्याएकाले ब्याजदरको अवस्था के हुन्छ भन्ने सन्दर्भमा चालू आर्थिक वर्षको पहिलो त्रैमास सकिएपछि मात्र भन्न सकिनेछ ।
यसबीचमा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर भने घटाउन थालेका छन । विशेषगरी ती बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाउन थालेका हुन । यसअघि लगानी योग्य पुँजी अभावको समस्या खेपिरहेका बैंकहरुमा पछिल्लो समय यो समस्या हटेपछि बैंकहरुले निक्षेपको व्याज दर घटाउन थालेका हुन् ।
यसले पनि बैंकहरुमा तरलताको अवस्था सहज रहेको देखाउछ । निक्षेपको ब्याजदर घटाउने क्रम सुरु भएकाले कर्जाको ब्याजदर समेत घटाउन बैंकहरुलाई दबाब भने पर्नेछ ।