शेयरमा लगानी गर्दा ध्यान गर्नु पर्ने कुरा


सबै व्यक्तिमा वित्तीय रूपमा सुरिक्षत हुने चहाना हुन्छ । अवकाश पछिको जीवनमा पनि वित्तीय सुरक्षा हुने नहुने भन्ने सोचले नै धेरै मानिसहरु पिरोलिने गरेका हुन्छन् । अवकास पछि सहज जीवन बिताउने हो भने निश्चय नै आफूले गरेको बचतलाई सही क्षेत्रमा लगानी गर्नुपर्दछ । धितोपत्रमा बुद्धिमत्तापूर्वक लगानी गर्ने हो भने यसले अवकाशपछिको जीवनलाई चिन्तामुक्त गराउन सक्छ । तर धितोपत्रमा लगानी कसरी गर्ने त ?

१) बचत गर्ने बानी बसाल्नुहोस्
कुनै पनि क्षेत्रमा लगानी गर्ने हो भने त्यसको लागि सर्वप्रथम पूँजीको आवश्यकता पर्छ । त्यसैले कुनै बलियो नियमित आम्दानीको स्रोत नहुँदा सम्म वा ६ देखि १२ महिनासम्म दैनि जीविन चलाउन चाहिने खर्च गर्न सकिने रकम आफ्नो बचत खातामा नहुँदासम्म लगानी गर्न थाल्नु हुनैन । यदी जागीर छुट्यो वा नियमित आम्दानीको बाटो टुट्यो भने यही रकमले जीवन धान्नु पर्छ । आफ्नो आय मध्ये कति जोगाउने, कहाँ कति खर्च गर्ने भनेर बजेट निर्माण गर्नुहोस् । यदी धितोपत्रमा लगानी गरिसकेको अवस्था छ र त्यसबाट मुनाफा पनि आइरहेको छ भने सबै मुनाफा रकमलाई पुनः लगानी गर्नुहुदैन् । यस्तो मुनाफाको केही अंश बचत गर्नु पर्दछ ।

२) अध्ययन गर्नुहोस्
लगानी गर्नु भन्दा पहिला धितोपत्र भनेको के हो, यसमा कसरी लगानी गरिनछ, धितोपत्रको मूल्याङ्कन कसरी गर्ने आदि कूराको बारेमा अध्ययन गर्नुपर्छ । धितोपत्रमा लगानी गर्न सहयोगी हुने बिभिन्न पुस्तकको अध्ययन गर्नुपर्छ । लगानी गर्ने तरिका सम्बन्धी, मनोविज्ञान सम्बन्धि (यो बजार मानोविज्ञानले निर्देशित हुने भएकोले ) पुस्तकहरू अध्ययन गर्नुपर्छ ।

३) सोच्नुहोस्
लगानी गर्नु अघि सधै सोच्नुहोस् । के गर्दा ठीक हुन्छ त्यसबारे निष्कर्ष निकाल्नुहोस् । जब सम्म आफूले कुनै धितोपत्र किन किन्ने भन्ने स्पष्ट कारणहरू पाउँनु हुन्न तबसम्म त्यो धितोपत्र किन्नु उपयुक्त हुदैन ।

४) नियमितरुपले र अनुशासित भएर लगानी गर्नुहोस्
शेयर मूल्य घटेको समयमा किन्ने र शेयर मूल्य बढेको समयमा बेच्ने गर्नुपर्छ । मासिक आम्दानीको केही हिस्सा शेयर किन्न प्रयोग गर्नुहोस । यदी सन्तुलित किसिमको बजार छ र सो बजार २० प्रतिशत तल झ¥यो भने लगानी बढाउनु ठिक हुन्छ । बजार थप घट्दै ५० प्रतिशतभन्दा मुनि पुग्यो भने अन्य क्षेत्रमा गरिएको लगानी मध्ये केही झिकेर यो बजारमा लगाउनु हुन्छ भन्ने अन्तराष्ट्रिय मान्यता छ । किनभने शेयर बजारमा घटबढ हुनु नियमित प्रक्रिया हो र बजार घटेको छ भने अवश्य बढ्छ र बढेको बजार अवश्य घट्छ पनि ।

५) सीमा निर्धारण गर्नुहोस
धितोपत्र बजारलाई लोभ र डरको बजार भनिन्छ । लगानीको क्रममा लोभ, लाभ र डर दुवैको सीमा निर्धारण नगर्ने हो भने यो बजारमा जे पनि हुनसक्छ । यसरी निर्धारित लाभको अधिकतम सिमा नपुगुन्जेलसम्म राम्रा कम्पनीका शेयरहरु होल्ड गर्न सकिन्छ । यस्ता कम्पनीका शेयरलाई ‘विनर’को संज्ञा दिदै वारेन बफेट भन्छन् ” ‘विनरहरुलाई सधैको लागी होल्ड गर्नुहोस्, तर शेयर मूल्य निकै बढ्यो भने विनरहरुलाई पनि बिक्री गर्ने तर्फ सोच बनाउनु पर्छ ।’

६) अभ्यास गनुहोस्
पैसा लगाएर धितोपत्रको व्यापार गर्नु भन्दा पहिले यसको कागजी अभ्यास गर्नुहोस् । यस्तो अभ्यास गर्दा केही कम्पनीको केही शेयर कुनै खास मूल्यमा किनेको मान्नुहोस् र त्यो खरीदलाई आफ्नो खाता रेकर्ड (अभिलेख) गरेर राख्नुहोस् । त्यसपछी ती शेयर खरीद/ बिक्री गर्ने निर्णय गरे अनुसार सबैको अभिलेख राख्नु होस । अभिलेख गर्दा व्यापार गरेको मिति, शेयर सङ्ख्या, शेयर मूल्य, नाफा वा नोक्सान, कमिसन, लाभाङ्शमा लाग्ने कर र पूँजीगत लाभकर र व्यापार शुल्क पनि टिपोट गर्नूहोस् । यसो गर्दा तपाईलाई शेयर किन्ने वा बेच्ने निर्णय लिन सजिलो हुन्छ । अनि खुद नाफा वा नोक्सान के भइरहेको छ गणना गर्नु होस् । आफूले निकालेको नाफालाई बजार परिसूचक (नेप्से) सँग पनि तुलना गर्नुहोस् । तपाईको नाफा बजार परिसूचक भन्दा बढि भइरहेको छ भने तपाईको सही निर्णय गर्ने क्षमता भउको पुष्टि हुन्छ । यसरी जबसम्म आफूलाई बजारमा व्यापार गर्नको सहज महशुस हुदैन तबसम्म व्यापार नगनुहोस् ।

७)  डिम्याट खाता खोल्नुस्
ब्रोकर कम्पनीहरू मार्फत मात्र शेयर बजारमा कारोवार गर्न पाइन्छ र  डिम्याटको रुपमा रहेको शेयरको मात्र कारोबार गर्न पाइन्छ। त्यसैले ब्रोकर वा अन्य डीपीकोमा गएर आफ्नो खाता खोल्नु पर्छ । अहिले हाम्रो बजारमा ५० ओटा ब्रोकर कम्पनी र अन्य १० संस्थाले डीपीको रुपमा काम गर्छन् । ब्रोकर वा अन्य डीपी छनौट गर्दा जहिले पनि आफू अनुकुल, सहयोगी र सबै ग्राहकलाई समान व्यवाहार गर्ने खालको छनौट गर्नुपर्छ ।

८) २ देखि ५ शेयरहरूको सानो पोर्टफोलियोे निर्माण गर्नुहोस
राम्रा प्रतिफल दिने कम्पनीका शेयरलाई ब्लु चिप भनिन्छ । यस्ता कम्पनीका शेयरहरु अन्यको तुलनामा गुणस्तरीय, सुरक्षित र नाफामुलक हुन्छन् । राम्रा कम्पनीहरु ती हुन् जसको उत्पादन क्षमता राम्रो हुन्छ वा कार्य सञ्चालन राम्रो हुन्छ र जो बजारमा अग्रणी कम्पनीका रूपमा चिनिन्छन। यस्ता कम्पनीहरूको शेयर मूल्य पनि उच्च हुन्छ । यस्ता कम्पनीहरूको शेयर कम मूल्यमा पाउन सकिदैन् । वियरीस बजारको अवस्थामा भने यस्ता कम्पनीको मूल्य केही कम हुन सक्छ । तै पनि अन्यको तुलनामा यी शेयर त्यस्तो बेला पनि धेरै महंगा नै हुन्छन् । त्यस्ता कम्पनीहरू गत ५/६ वर्ष देखी नै नाफा कमाइरहेका हुन्छन् । तीनिहरुको आम्दानीमा पनि वृद्धि भइरहेको हुन्छ र तिनले नियमित लाभाङ्श पनि वितरण गरिरहेका हुन्छन् । ती कम्पनीहरुको प्रति शेयर आम्दानी पनि वृद्धि भइरहेको हुन्छ । त्यसैले शेयरमा लगानी गर्दा यस्ता केही कम्पनीहरुमा पनि लगानी गर्नुहोस् । यसले जोखीम कम गर्न सजिलो त हुन्छ नै ।

९) दीर्घकालिन रुपमा लगानी गर्नुहोस
बजार नकारात्मक देखीयो ( एक दिन वा एक महिना, वा १ बर्षभरी समेत) भन्दैमा बेची हाल्ने गर्नु हुदैन् । यदी शेयर ५० प्रतिशत, १०० प्रतिशत, २०० प्रतिशत वा सो भन्दा पनि बढी प्रतिशतले बढिरहेको छ भनेपनि तबसम्म नाफा लिन नहत्तारिनुस जबसम्म अन्य आधारभूत कूराहरू ठिक अवस्थामा हुन्छन् । र त्यसरी मूल्य बढ्नु उचित नै देखीन्छ । यदी तपाईसँग भएको पूँजी दीर्घकालिन लगानी अवधिसम्म अन्यत्र प्रयोग गर्न आवश्यक छैन भने मात्र शेयर बजारमा लगानी गर्नुहोस् । तर यदी शेयरको मूल्य अधिक मूल्याङ्कन भएको छ वा कम्पनीको आधारभुत पक्षहरु नकारात्मक देखीन थालेका छन भने चाही शेयर बेचिहाल्नु बुद्धिमानी हुन्छ ।

0 comments:

Post a Comment