काठमाडौं, भदौ १ । एनआईसि एसिया बैंक लिमिटेडले ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना ल्यायको छ । बैंकले दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहकवर्ग माझ उक्त योजना ल्याएको जनाएको छ ।
आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाइ सिमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानि गरिने बैंकले जनाएको छ ।
न्यूनतम एक लाख रुपैयाँ निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफुले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५% तथा व्यक्तिगत निक्षेपको हकमा ५% का दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानि दिने जनाएको छ ।
यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्ने बैंकको दाबी रहेको छ ।
बैंकले हालसम्म ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा
दिईरहेको छ ।
यस बैंकले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २०% बोनस शेयर र १.०५% नगद लाभांस प्रदान गर्ने निर्णय समेत गरेको छ ।
0 comments:
Post a Comment