प्रोग्रेसिभ फाइनान्सले एक करोड ४० लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ अघिल्लो आर्थिक वर्षमा उसको खुद नाफा दुई करोड ५६ लाख ७३ हजार रुपैंया खुद नाफा कमाएको थियो । फाइनान्सको खुद नाफा ४५.३३ प्रतिशतले घटेको हो ।
उता जनरल फाइनान्सको खुद नाफा २३ लाख ३६ हजार रुपैंयाबाट दुई लाख ८६ हजार रुपैंयामा सिमित भएको छ । जनरलको खुद नाफा ८७.७५ प्रतिशतले घटेको हो ।
यसरी कमाईको आकार फराकिलो अन्तरले घट्दा फाइनान्सहरुको प्रतिसेयर आम्दानीमा धेरै गिरावट आएको छ । जनरल फाइनान्सको प्रतिसेयर आम्दानी १३ पैसा मात्र छ भने छ रुपैंया ६८ पैसा छ ।
अहिले दुवै फाइनान्सले ठुलो मात्रामा हकप्रद निष्काशनको तयारी गरेका छन् । अहिले जनरलको चुक्ता पूँजी २२ करोड एक लाख ९५ हजार रुपैंया छ भने प्रोग्रेसिभको २१ करोड रुपैंया छ ।जनरल फाइनान्सले हाल कायम चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद निष्काशनको तयारी गरिरहेको छ । उता प्रोग्रेसिभले पनि २८१ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको छ । हकप्रद निष्काशन नगर्दा नै दयनीय अवस्थामा रहेका यी दुई फाइनान्सले हकप्रद पछि कसरी आफुलाई सबल बनाउलान भन्ने पश्न उब्जिएको छ ।
प्रोग्रेसिभको जगेडा कोषमा जम्मा ९६ लाख ५२ हजार रुपैंया सञ्चित छ । प्रोग्रेसिभको जगेडा कोष ११ करोड ६७ लाख ९२ हजार रुपैंयाले ऋणात्मक छ । हकप्रद पछि पूँजी बढ्दा अहिलेकै अवस्था रहेमा दुवै कम्पनीका लगानीकर्ता आफ्नो लगानी लामो समयका लागि फसाउन बाध्य हुने निश्चित छ ।
0 comments:
Post a Comment