इन्भेष्टमेन्ट बैंकको नाफा मेरो लगानीले आँकलन गरेको भन्दा चार करोड कम हो ।
३ अर्ब १६ करोड खुद नाफा कमाएको बैंकले प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा कायम गरेको छ । अघिल्लो बर्ष बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३० पैसा थियो ।
एस डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर ९ अर्ब २४ करोड चुक्तापूँजी पुर्याएको इन्भेष्टमेन्ट बैंक पूँजीको आधारमा निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक हो । बैंकको जगेडाकोषमा मात्रै ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकले एक बर्षको अवधिमा चार अर्ब भन्दा बढीले आफ्नो जगेडाकोष बढाएको छ ।
एक खर्ब २५ अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब ६ अर्ब कर्जा तथा लगानी गरेको छ । निक्षेप र कर्जाको आधारमा पनि बैंक सबैभन्दा अग्रणि स्थानमा देखिएको छ ।
ब्याज आम्दानी, संचालन मुनाफा तथा वैदेशिक मुद्राको कारोबारको बृद्धि नै उसको खुद नाफामा बढोत्तरीको मुख्य कारण देखिएको छ । बैंकको खराब कर्जा अघिल्लो बर्षको तुलनामा सामान्य बढेपनि एक प्रतिशत भन्दा कम नै रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ०.८३ प्रतिशत रहेको छ ।
0 comments:
Post a Comment