काठमाडौं, भदौं १ । सिटिजन्स बैंक इन्टरनेसनल लि.ले १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको विहिबार बसेको सञ्चालका समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत असार मसान्तको चुक्ता पुँजी छ अर्ब ९२ कारोड १६ लाख ८९ हजार छ सय ६१ रुपैयाँ ५४ पैसामा १६ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कारकोलागि एक प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
उत्त, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र सिटिजन बैंकको आगामी ११ औं साधारण सभाबाट स्वीकृत भए पश्चात् वितरण हुने बैंकले जनाएको छ ।
0 comments:
Post a Comment