सिन्धुको ८० प्रतिशत हकप्रद कहिले ?


सिन्धु विकास बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद भदौ १८ देखि निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैंया अंकित मूल्यमा २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद निष्काशन गर्ने मिति तय गरेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । भदौ आठ गतेसम्म कायम सेयरधनीले क्यापिटलको कार्यालय लाजिम्पाट तथा सिन्धु विकास बैंकको मुख्य कार्यालय तथा शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिन्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, नारायाणघाट, बुटवल, चिप्लेढुँगा पोखरा, नेपालगञ्ज र धनगढीबाट आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकको हकप्रद असोज २२ गतेसम्म निष्काशन हुनेछ ।

२६ करोड २१ लाख ९२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद बिक्री पश्चात चुक्ता पूँजी ४७ करोड १९ लाख ४६ हजार रुपैंया पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट तीन करोड बराबरको बोनस बितरण गरेर बैंकले चुक्ता पूँजी ५० करोड बनाउँदैछ ।

0 comments:

Post a Comment